ad ad

कारोबार


ठमेल बजारमा चहलपहल बढ्दै

ठमेल बजारमा चहलपहल बढ्दै

नेपालखबर
मंसिर १०, २०७७ बुधबार १०:३७,

कोभिडका कारण ठप्प रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको छ। बाह्य पर्यटक छिटफुट मात्रै देखिएपनि स्वदेशी उपभोक्ताको कारण चलहपहल बढ्दै गएको देखिन्छ। ठमेल क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारीहरुले पनि चहलपहल विस्तारै बढ्दै गएको बताएका छन्।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको चैत महिना देखि लकडाउन भएपछि पर्यटकीय बजार ठमेल पनि प्रभावित भयो।

विमानस्थल बन्द भएपछि पर्यटकहरुको आवागमन रोकियो। सरकारले लकडाउन खुकुलो बनाउँदै गएपछि पनि लामो समय विमानस्थल सञ्चालन नहुँदा पर्यटकहरु नेपाल आउन सकेनन्। त्यसैले पनि ठमेलमा पर्यटकहरु देखिएनन्।

पछिल्लो समय पर्यटन क्षेत्रलाई सूचारु गरिएपनि सरकारी मापदण्डका कारण पर्यटकहरु आउन सकेका छैनन्। त्यसैले पनि ठमेल क्षेत्र पर्यटकविहिन बनेको छ। तर केही दिन यता स्वदेशी उपभोक्ताको चहलपहल बढेको ठमेलका ब्यापारीहरुले बताएका छन्। त्यस्तै होटल क्षेत्रमा पर्यटकहरुले बुकिङका लागि सोधपुछ गरिरहेको होटल व्यवसायीहरुले बताएका छन्।

पर्यटन व्यवसायीहरुले भने कोभिड रोकथाममा पर्यटकका लागि तयार पारिएको मापदण्डका कारण पर्यटकहरु आउन नसकेको बताएका छन्। सरकारले नेपालमा अएपछि क्वारेन्टिन नबसिकन पीसीआर परीक्षण गरी घुम्न जाने व्यवस्था गर्ने हो भने पर्यटकहरु आउन सक्ने पर्यटन व्यवसायीको भनाई छ।

विदेशी पर्यटकका लागि ठमेल पहिलो गन्तव्य हो। त्यसैले ठमेलमा पर्यटकलाई लक्षित गरी सञ्चालनमा आएका व्यवसाय धेरै छन्। पर्यटक नै नभएपछि ती व्यवसायहरु समस्यामा परेको व्यापारीहरुले बताएका छन्। कतिपय व्यवसाय बन्द भइसकेका छन्।

त्यसैले ठमेलको चहलपहललाई बढाउन पनि पर्यटकलाई नेपाल आउन सहज हुने खालको नीति सरकारले अवलम्बन गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .