समाज


मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार १४:६,

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १० प ९१३१ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा परी साइकल चालक मोरङ, उर्लाबारी नगरपालिका निवासी ५५ वर्षीय केदार श्रेष्ठ र मोटरसाइकल चालक सप्तरी, सप्तकोशी नगरपालिका –७ निवासी मुकेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भुवनेश्वर साहले बताए।

श्रेष्ठको विराटनगर र सिंहको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सप्तकोशी– ७ का २५ वर्षीय अनिलकुमार यादव घाइते भई स्थानीय अस्पतालमा उपचार गराइएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad