समाज


खानपानमा ख्याल नपुग्दा टिकाको दिन अस्पतालमा...

खानपानमा ख्याल नपुग्दा टिकाको दिन अस्पतालमा...

नेपालखबर
कात्तिक १०, २०७७ सोमबार १५:३८,

खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनु-यो।
उच्च रक्तचाप र मधूमेहको समस्या भएका सन्देशलाई दशैँको खानपानले बिरामी बनाएको हो।

‘घरमा बोका काट्यौँ, चिल्लो रोटी धेरै खाइयो, जसले मलाई समस्या भयो’, चौरासियाले भने, ‘चाडपर्वमा घरमा चिल्लो खानेकुरा बढी पाक्यो, शरीरमा चीनिको मात्रा बढी भयो। आज दशैँको टीका लगाउने दिन म त बिरामी परेर टीकापुर अस्पतालमा छु।’

चाडबाडमा खानपिनमा सचेत नहुने आम चरित्र देखिन्छ। गाउँघरमा बलीका रुपमा होस् या दशैँ मनाउन काटिएको खसीको मासु ३-४ दिनसम्म पनि खाने चलन गलत भएको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताए।

‘मानिसको शरीरलाई मासु नभई नहुने तत्व भए पनि यसरी राखिएको बासी मासु सही व्यवस्थापन गर्न नसके स्वास्थ्यमा असर पार्छ। यसरी राखिएको खानेकुराले परिवार नै बिरामी हुन सक्ने सम्भावना रहन्छ’, डा कँडेल भन्छन्, ‘चाडपर्वमा खानपानमा ध्यान नदिएर पूरै परिवार बिरामी भएर अस्पताल आउनेहरु पनि छन्।’

सामान्यतया शरीरलाई चाहिएको भन्दा बढी मात्रामा खाए जुनसुकै खाद्यपद्धार्थले पनि असर गर्ने चिकित्सकहरु बताउँछन्। दीर्घरोगी, उच्च रक्तचापका बिरामी र कोलेस्टोर भएका बिरामीले मासु खाँदा विशेष ध्यान दिनुपर्ने डा. कँडेलको सुझाव छ।

‘चाडपर्वको समयमा अस्पतालमा यी रोगबाट ग्रसितहरु बढी समस्या भएर आउँछन्, कतिपयलाई अस्पतालमै भर्ना गरेर सेवा दिनुपर्छ। यसरी समस्या हुनुभन्दा खानपानमा ध्यान दिनु राम्रो हुन्छ।’

टिका लगाउँदा भीडभाड नगरी, मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई दशैं मनाउन स्वास्थ्यकर्मी तथा चिकित्सकको सुझाव छ।

‘यस वर्ष विगतका वर्षजस्तो भीड हुने गरी टीकाटालो गर्न हुँदैन’, टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले भने, ‘हामीले सबैलाई अपिल गरेका छौँ, घरमा मात्रै टीका लगाउँ, घरघर नजाउँ भनेका छौँ। यसले सङ्क्रमण फैलने डर बढेको छ।’

आर्थिक र सामाजिकरुपमा सुरक्षित हुने गरेर दशैँ मनाउन टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले आग्रह गरेका छन्।

‘सामाजिक र आर्थिक क्षेत्रमा क्षति पुगेको छ’, नगरप्रमुख रावल भन्छन्, ‘यस्तो बेला स्वास्थ्य जोखिममा नपारौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad