भक्तपुरको चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाइवाको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले उनीहरुलाई बौद्धबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् ।
यही असोज २१ गते बुधबार भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीन जनाको कुटपिटबाट स्थानीय व्यापारीसमेत रहेका वाइवा गम्भीर घाइते भएका थिए। उनको त्यसको भोलिपल्ट (बिहीबार) ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

प्रतिक्रिया