समाज


कोरोनाको उद्गमस्थल चीनमा झन्डै दुई महिनापछि स्थानीय संक्रमण देखा पर्‍यो

कोरोनाको उद्गमस्थल चीनमा झन्डै दुई महिनापछि स्थानीय संक्रमण देखा पर्‍यो

नेपालखबर
असोज २७, २०७७ मंगलबार ६:३,

चीनको राष्ट्रिय स्वास्थ्य आयोग एनएचएसले एक विज्ञप्तीमा सान्दोङ प्रान्तमा ६ जनामा स्थानीयस्तरबाटै संक्रमण भएको देखिएको बताएको छ।

सोबमार सान्दोङको चिन्दाओमा १३ संक्रमित देखा परेका थिए जसमध्ये ७ आयातित थिएभने ६ स्थानीय संक्रमित थिए।

नयाँ संक्रमित देखिएसँगै चिनियाँ शहर चिंदाओमा ९० लाख मानिसको कोरोना परीक्षण पाँच दिनमा सम्पन्न गरिने पनि बताइएको छ।

चिन्दाओको पुरा जनसंख्या ९० लाख हो। सबैको कोरोना परीक्षण पाँच दिनमा गर्न लागिएको हो।

गत मे महिनामा चीनले कोरोनाको उत्पत्तिस्थल मानिएको हुबेइको वुहान शहरमा छोटो समयमै पुरा जनसंख्यामा कोरोना परीक्षण गर्न सफल भएको थियो।

छोटो अवधिमै त्यसबेला एक कराड १० लाखजनाको कोरोना परीक्षण गरिएको थियो।

चीनले कोरोना भाइरसलाई राम्रोसँग नियन्त्रणमा लिन सफल भएको छ। यहाँ कोरोनाबाट हुने मृत्युदर शुन्यमा छन्। संक्रमित दर पनि अत्यन्त न्युन छ।

मंगलबारसम्म चीनमा ८५ हजार ५९१ मा कोरोना पुष्टि भइसकेको छ। यहाँ कोरोनाका कारण ४६ सय ३४ को मृत्यु भएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad