कोरोना संक्रमण भएका कैलालीका प्रहरी प्रमुखलाई स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइँदैछ।
कोरोना संक्रमणका कारण एकसातादेखि कैलालीमै आइसोलेसनमा बसेका एसपी अनुपम राणालाई आइतबार एम्बुलेन्समा काठमाडौं पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
‘उहाँमा पहिले नै लक्षण देखिएको थियो, तर उहाँ यहिँ हुनुहुन्थ्यो। स्वासप्रस्वासमा समस्या देखिएपछि आइतबार बिहानै काठमाडौं पठाएका छौं,’ सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीले भने।

प्रतिक्रिया