स्वाद र वासना थाहा नपाउने लक्षण देखिए कोरोनाको संक्रमण भएको हुनसक्ने विज्ञहरु बताउँछन्।
वैज्ञानिकहरुका अनुसार स्वासप्रस्वासको समस्या नदेखिएका कोरोना संक्रमितमा मस्तिष्कको समस्या निम्तने खतरा पनि देखिएको छ।
चीनका डाक्टरहरुले पहिल्यैदेखि कोरोना संक्रमितमा मस्तिष्कको समस्या देखिनसक्ने चेतावनी दिएका थिए।
हालै अमेरिकाको टेक्सासमा एक कोरोना संक्रमितमा स्वासप्रस्वासको समस्था थिएन। उनमा ज्वरो, कफ, छाती दुख्ने लगायतका लक्षण थिएन तर मस्तिष्कमा निम्तिएको समस्याका कारण उनलाई बोल्न र हिँड्न गाह्रो भएको चिकित्सकहरुले बतएका छन्।
कोरोना भाइरसले उनको मस्तिष्कमा असर पुर्याएको बताइएको छ।
गत अप्रिलमा सर्वाजनिक भएको एक अध्ययन अनुसार चीनको वुहानमा कोरोनाबाट संक्रमित बनेका प्रत्येक तीन मध्ये एकमा गन्ध र दृष्टि गुमाउने, स्न्यायु दुख्ने तथा चेत हराउनेजस्ता मस्तिष्क सम्बन्धी विभिन्न समस्या देखिएको थियो।
चीनबाहेक अन्य देशका कोरोना संक्रमितमा पनि मस्तिष्कमा क्षति पुगेको दखिएको छ। टेक्ससस्थित सान एन्टोनियोका कोरोना संक्रमितमा मस्तिष्कघात नै भएको थियो।
कोरोना भाइरसले कसरी मस्तिष्कमा असर गर्दछ भनेर हालसम्म पत्ता लागेको छैन। यद्यपी धेरै देशको अध्ययनमा कोरोना संक्रमितमा मस्तिष्कको समस्या निम्तिएको पाइएको छ। एससीएमपी

प्रतिक्रिया