समाज


कोरोना संक्रमणबाट चितवनमा वडाध्यक्षको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा वडाध्यक्षको मृत्यु

नेपालखबर
असोज २५, २०७७ आइतबार ६:५२,

भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

उनी गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए। उनका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि यही असोज २३ गते अस्पताल भर्ना गरिएको थियो।

असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो। उनीलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताए। अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनीलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो। अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनीको मृत्यु भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad