अस्पतालमा भर्ना भएको ट्रम्पले अस्पतालबाटै सरकारको काम गरिरहेको शनिबार मात्र ह्वाइट हाउसले जानकारी दिएको थियो।
हालै कोरोना संक्रमित बनेका ट्रम्प र उनका श्रीमती फर्स्ट लेडी मलेनिया ट्रम्प यतिबेला म्यारील्यान्डको बिथेस्डास्थित रिड नेस्नल मिलिटेरी मेडिकल सेन्टरमा उपचाररत छन्।
ट्रम्पले हालै एक भिडियो सन्देशमा आफू स्वस्थ भएको र यतिबेला आफूले राम्रो महसुस गरिरहेको बताएका थिए।
उनले सो क्रममा आफ्नो अवस्था यतिबेला सामान्य भएपनि अबको केही दिन वास्तविक परीक्षाको समय हुने पनि उल्लेख गरेका थिए।
ट्रम्पले भनेका थिए,‘यतिबेला मैरो राम्रो महसुस गरिरहेको छु। तर अबको केहीदिनमा के हुन्छ थाहा छैन। मलाई लाग्छ त्यो नै वास्तविक परीक्षा हुनेछ। म आगामी दिनको पर्खाइमा छु।’
यो पनिः कोरोनाबाट संक्रमित बनेका ट्रम्पले कोरोनाबारे यस्ता झुठा दाबी गर्थे...
ट्रम्पको कोरोना उपचारमा रेमडिसिभिर औषधिको प्रयोग, पहिलो डोजपछि आराममा छन् उनी
ट्रम्पका डाक्टरहरुले पनि अबको ३ देखि ५ दिन ट्रम्पको स्वास्थ्यको निर्णायक समय हुने बताएका छन्।
भान्डरबिल्ट युनिभर्सिटीका डाक्टर तथा सरुवा रोग विशेषज्ञ विलियन स्क्याफनर भन्छन्,‘कोरोना संक्रमण भएको केही दिन केही हुँदैन तर त्यसपछि अवस्था जटिल बन्दै जान्छ।’
शरीरको प्रतिरक्षा प्रणालीले भाइरसलाई धान्न नसक्दा स्वास्थ्य अवस्था गम्भीर बन्ने चिकित्सकहरु बताउँछन्।
केही अमेरिकी संचारमाध्यमले ट्रम्पलाई अस्पताल लानु अगाडि अक्सिजन दिइएको दाबी गरेका छन्। ट्रम्प गत जुन महिनामा ७४ वर्षमा प्रवेश गरेका छन्।
अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको अध्ययनलाई मध्यनजर गर्दा ट्रम्पको उमेरका मानिसहरु कोरोनाको जोखिममा छन्।
२० वर्षका युवामा भन्दा ट्रम्पको उमेरका मानिसको मृत्युदर निकै उच्च छ। एजेन्सी

प्रतिक्रिया