कारोबार


विशाल ग्रुपले भन्यो– आयान डिस्ट्रिब्युटर हाम्रो ग्राहक होइन

विशाल ग्रुपले भन्यो– आयान डिस्ट्रिब्युटर हाम्रो ग्राहक होइन

नेपालखबर
असोज १८, २०७७ आइतबार ११:१७,

गत केही दिनदेखि विशाल ग्रुपमार्फत आयातित र प्रवर्द्धित केही उपभोग्य वस्तुसँगको विषयलाई लिएर केही सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति विशाल ग्रुपले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

समाचारहरुमा उल्लेख भएको आयान डिष्ट्रिब्युटर प्रत्यक्ष वा अप्रत्यक्ष कुनै पनि रुपमा विशाल ग्रुपको ग्राहक नरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले विधिवत् रुपमा आयात गरिएका वस्तुहरुको प्रयोगको म्याद समाप्त भएका खण्डमा उक्त वस्तुहरुलाई फिर्ता लिई सोको शतप्रतिशत शोधभर्ना गर्ने नीति रहेको जनाउँदै केही दिनअघि काठमाडौंको कलंकीमा भेटिएको म्याद नाघेका चकलेटसँग आफ्नो सम्बन्ध नरहेको स्पष्ट पारेको हो।

ग्रुपले भनेको छ, ‘तसर्थ विशाल ग्रुपले अवाञ्छित र भ्रम सिर्जना गर्ने समाचारको खण्डन गरेको छ र ग्राहकवर्ग माँझ यस्ता भ्रम फैलाउने समाचारको पछि नलाग्न आग्रह गरेको छ।’

विशाल ग्रुप आम उपभोक्ताहरुको स्वास्थ्य संवेदनशिलता प्रति सदैव सजग एंव सचेत रहेको हुँदा म्याद समाप्त हुन लागेका र म्याद समाप्त भइसकेका उपभोग्य वस्तुहरु समयमै नष्ट गर्न सकियोस् भन्ने हेतुले यस ग्रुपले सदैव आफुबाट आयातित वस्तुहरुको संस्था अन्तर्गतका सप्लाई चेनमा कडा निगरानी राख्ने गरेको जनाएको छ।

साथै म्याद समाप्त भइसकेका वस्तुहरुको समुचित लेखापरीक्षणपश्चात् सम्बन्धित निकायमा सूचित गरी नष्ट गर्ने गरिएको ग्रुपको दाबी छ।

यही असोज १५ गते कलंकीस्थित एक घरमा म्याद नाघेका स्निकर चकलेट ठूलो परिमाणमा बरामद भएको थियो। सोही घटनामा आफूलाई तानिएको भन्दै ग्रुपले आपत्ति जनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad