अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले तस्बिर सार्वजनिक गर्दै ट्रम्पले अस्पतालबाटै काम गरिरहेको जानकारी दिएको हो।
हालै कोरोना संक्रमित बनेका ट्रम्प र उनका श्रीमती फर्स्ट लेडी मलेनिया ट्रम्प यतिबेला म्यारील्यान्डको बिथेस्डास्थित रिड नेस्नल मिलिटेरी मेडिकल सेन्टरमा उपचाररत छन्।
ट्रम्पले हालै एक भिडियो सन्देशमा आफू स्वास्थ भएको र यतिबेला आफूले राम्रो महसुस गरिरहेको बताएका थिए।
(तस्बिरः ह्वाइट हाउस)
जुन टेबलबाट ट्रम्पले भिडियो सन्देश दिएका थिए, उनले सोही स्थानमा बसेर काम गरिरहेको बताइएको छ।
आगामी नोभेम्बरमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ। ट्रम्पले डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन्।
निर्वाचन अगाडि ट्रम्प कोरोनाबाट संक्रमित बनेका हुन्। एजेन्सी
यो पनिः कोरोनाबाट संक्रमित बनेका ट्रम्पले कोरोनाबारे यस्ता झुठा दाबी गर्थे...
ट्रम्पको कोरोना उपचारमा रेमडिसिभिर औषधिको प्रयोग, पहिलो डोजपछि आराममा छन् उनी
Shares

प्रतिक्रिया