समाज


ट्राफिक प्रहरीलाई एमएडब्लु फाउन्डेसनबाट फेससिल्ड र मास्क सहयोग

ट्राफिक प्रहरीलाई एमएडब्लु फाउन्डेसनबाट फेससिल्ड र मास्क सहयोग

नेपालखबर
असोज १२, २०७७ सोमबार १६:३,

कोभिड १९ को महामारीबीच पनि ड्युटीमा खट्ने ट्राफिक प्रहरीको सुरक्षालाई मध्यनजर गरी एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु फाउन्डेसनले काठमाडौं उपत्यकाका सबै ट्राफिक प्रहरीका लागि फेससिल्ड र मास्क सहयोग गरेको छ।

एमएडब्लु फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल तथा पूर्व एआईजी किरण गौतमले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबारका प्रमुख एसएसपी भिम प्रसाद ढकाललाई फेससिल्ड र सर्जिकल मास्क हस्तान्तरण गरेका हुन्।

‘कोरोनाको महामारीको समयमा पनि कर्तव्यपालनमा अहोरात्र खटिरहनु भएका ट्राफिक प्रहरी संगठनप्रति हामी गौरावान्वित छौं र त्यसैले उहाँहरुको लागि सानै भए पनि योगदान गर्ने चेष्टा गरेका छौं,’ फाउन्डेसनकी कार्यकारी निर्देशक अग्रवालले भनिन्, ‘आशा छ, यसले कर्तव्य पालना गर्दा कोरोनासँग बच्न सहयोग पु-याउनेछ।’

वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक भिम प्रसाद ढकालले सहयोगका लागि फाउन्डेसनलाई धन्यवाद दिए।

गत साता पनि एमएडब्लु फाउन्डेसनले थानकोटस्थित श्री अरबिन्द योग मन्दिरमा बसोबास गर्ने बालबालिकाको खाद्यान्न र स्टेशनरीका लागि आर्थिक सहयोग गरेको थियो। सो आश्रमले नेपालका तीन शाखामा करिब दुई सय १० जना बालबालिकाको रेखदेख गर्नुका साथै शिक्षा दिइरहेको छ।

एमएडब्लु फाउन्डेसन एमएडब्लु ग्रुपले गर्दै आएको सामाजिक कार्य बढावा दिने र व्यवस्थापन गर्ने उद्देश्यसहित स्थापना भएको सामाजिक संस्था हो। यसको उद्देश्य समुदायको हित र सर्वसाधारणको मुहारमा मुस्कान ल्याउनु हो। हाल फाउन्डेसनले समुदाय विकास, सिप विकास र सडक सुरक्षा गरी तीन क्षेत्रमा सामाजिक कार्य गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .