गण्डकी प्रदेशमा ५६ जना कोरोना संक्रमित थपिँदा ६१ जना निको भएका छन्।
बुधबार प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
निर्देशनालयका अनुसार प्रदेशका तनहुँमा १५, कास्कीमा १४, बागलुङमा १०, स्याङ्जामा ६, लमजुङमा ५, पर्वतमा ४, म्याग्दी र नवलपरासी (सुस्ता पूर्व)मा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
पर्वतका ३ संक्रमित नेपाली सेनामा कार्यरत रहेको छन्। केही संक्रमित भारतबाट आएर क्वारेन्टिनमा बसेका र केही कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको प्रदेश स्वास्थ्य निर्देशनलायका निर्देशक डा. विनोदबिन्दु शर्माले जनाकारी दिए। उनले सबै संक्रमितलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको जानकारी दिए।
योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५७९ पुगेको छ भने आज ६१ जना निको भएसँगै निको हुनेको संख्या २ हजार ३२९ पुगेको छ।
गण्डकी प्रदेशमा आज सक्रिय संक्रमितको संख्या १ हजार २१८ रहेको छ। प्रदेशमा अहिलेसम्म संक्रमणबाट ३२ जनाको ज्यान गइसेको छ।


प्रतिक्रिया