चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ।
चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिसोटमा ६ हजार पाँच सय मात्रमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुम सहितको प्याकेज सार्वजनिक गरेको छ।
यो अफर आजैदेखि लागू भइ १५ मङसिर २०७७ सम्मका लागि मान्य हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल र रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।
3
Shares

प्रतिक्रिया