समाज


भोलिदेखि उपत्यकामा सवारी जोर–बिजोर, तोकिएको समयमा पसल खोल्न पाइने

भोलिदेखि उपत्यकामा सवारी जोर–बिजोर, तोकिएको समयमा पसल खोल्न पाइने

नेपालखबर
भदौ २४, २०७७ बुधबार ११:५०,

बिहीबारदेखि एक साताका लागि उपत्यकामा निषेधाज्ञा केहि सहज हुने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले जोर बिजोर प्रणालिबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेका छन्।

यसैगरी पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएकाे छ।

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न दिने तयारी भएको हो।

यसअघि उपत्यकाका जनप्रतिनिधिले समेत नाकामा कडाइ गरेर उपत्यकामा स्थिति सहज बनाउन सुझाव दिएका थिए। व्यवसायीहरुले खुल्ला गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।

जिल्ला प्रशासन कार्यालयले मोडालिटि तयार गरेर लकडाउन सहज बनाइएको घोषणा गरी सूचना जारी गर्ने तयारी छ।

भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा बुधबार राति सकिँदैछ। त्यसअघि नै थप निर्णय सार्वजनिक गर्ने प्रमुख जिल्ला अधिकारीको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad