समाज


पाँच हजारभन्दा बढी औषधि पसलको प्रमाणपत्र रद्द (सूचीसहित)

पाँच हजारभन्दा बढी औषधि पसलको प्रमाणपत्र रद्द (सूचीसहित)

नेपालखबर
असार २, २०८३ मंगलबार १९:३९, काठमाडौँ

औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको प्रमाणपत्र रद्द गरेको छ। विभागले मंगलबार एक सुचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र रद्द गरेको हो।

तोकिएको अवधिभित्र नवीकरण नगरिएका अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्रहरू स्वत: रद्द हुने विभागले जनाएको छ।

विभागले सम्बन्धित औषधि पसल सञ्चालकहरूले आफ्नो प्रमाणपत्रको अवस्था यकिन गरी आवश्यक प्रक्रिया पूरा गर्न र औषधि बिक्री वितरण कार्य सञ्चालन गर्दा कानुनी व्यवस्था तथा विभागीय निर्देशनहरूको पूर्णपालना गर्न समेत अनुरोध गरेको छ।

२०८३ जेठ २८ सम्म नवीकरण म्याद समाप्त भई स्वत: रद्द भएका औषधि पसलहरूको सूची:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad