समाज


रौतहटका तत्कालीन प्रहरी प्रमुखसहित ६ प्रहरीविरुद्ध मुद्दा

रौतहटका तत्कालीन प्रहरी प्रमुखसहित ६ प्रहरीविरुद्ध मुद्दा

नेपालखबर
भदौ २४, २०७७ बुधबार ११:५०,

हिरासतमा रहेका बेला युवकको मृत्यु भएपछि रौतहटका तत्कालीन प्रहरी प्रमुखसहित ६ जना विरुद्ध परिवारले मुद्दा दर्ता गराएका छन्।

रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध युवकका परिवारले बुधबार मुद्दा दिएका हुन्। इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, प्रहरी नायब निरीक्षक वीरेन्द्र यादव र हवल्दारद्धय मुन्ना सिंह र फिरोज धुनियाविरुद्ध मुर्दा दर्ता भएको हो।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका विजय महराको उपचारका क्रममा मृत्यु भएको थियो। उनका बाबु पनिलाल महराले यातना तथा ज्यानसम्बन्धी कसूरमा मुद्दा दर्ता गराएको रौतहटका एक प्रहरी अधिकृतले बताए।

यी प्रहरी अधिकारीहरुलाई संगठनले समेत जिम्मेवारीबाट हटाइसकेको छ। एसपी खड्का प्रधान कार्यालय तानिएका छन् भने अन्य केहीलाई प्रदेशमा तानिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad