समाज


नापी कार्यालय चाबहिलका अमिन टोपजंग खत्री ६० हजार घुससहित पक्राउ

नापी कार्यालय चाबहिलका अमिन टोपजंग खत्री ६० हजार घुससहित पक्राउ

नेपालखबर
असार २, २०८३ मंगलबार २१:३७, काठमाडौँ

नापी कार्यालय चावहिल २ नं नापी टोलीका अमिन टोपजंग खत्री ६० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका –४ माकालवारीस्थित उक्त कार्यालय परिसरबाट पक्राउ गरेको हो।

खत्रीले जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाईदिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको अख्तियारको आरोप छ। 

आयोगको कार्यालयल टङ्गालबाट खटिई गएको टोलीले अमिन खत्रीलाई सेवाग्राहीबाट रू ६० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित आज नियन्त्रणमा लिएको हो। 

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जनाएका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad