रोल्पाका विपन्न तथा गरिब २ हजार २६ घरका खरको छानो जस्तामा परिणत हुने भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको पहलमा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तरगत उक्त घरहरुमा छानो राखिने भएको हो। आर्थिक वर्ष ०७७/०७८ को सुरक्षित नागरिक आबास कार्यक्रमबाट खरको छानोमुक्त हुने सुनिश्चित भएका हुन्।
उक्त कार्यक्रम कार्यान्वयनका लागि मन्त्री पुनको संयोजकत्वमा सदरमुकाम लिबाङमा बसेको बैठकले २ हजार २६ घर परिवारलाई सुरक्षित आवासमा बस्न पाउने भएको जानकारी गराएको हो।
नेपाल सरकार संघीय सरकारको बजेटबाट १० करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ । जसअन्तर्गत १ हजार ८ सय २६ घरधुरी यस आर्थिक वर्ष र गत क्रमागत २०० घर गरि २ हजार २६ खरको छानो भएका घरहरु जस्तापाताको छानामा परिणत गर्न लागिएको हो।
रोल्पाबाट प्रतिनिधि सभा सदस्यसमेत रहेका पुनको अध्यक्षतामा प्रदेश सांसद, जिल्ला समन्वय समिति रोल्पाका प्रमुख र रोल्पाका १० वटै पालिका प्रमुखहरुबीच छलफल गरिएको छ। अब निवेदन आह्वान गरि अगाडि प्रक्रिया अगाडि बढाउने कार्यको थालनी गरिएको छ। यसको सामाजिक सहजीकरणमा समृद्ध रोल्पा फाउण्डेशनले गर्ने, सरकार र जनताको बीचमा तालमेल गरिने गरी रोल्पा समृद्ध फाण्डेशन रोल्पाका अध्यक्ष ओनसरी घर्तीले बताइन्।
जस अनुसार रोल्पा नगरपालीकामा २५४ घर, त्रिबेणी गाउँपालिका २५१ घर, परिबर्तन गाउँपालिकामा १६४ घर, माडी गाउँपालिकामा १४० घर, रुण्टीगढी गाउँपालिकामा ३४४ घर, लुङ्ग्री गाउँपालिकामा ११० घर, गंगादेब गाउँपालिकामा १२४ घर, सुनछहरी गाउँपालिकामा १०१ घर, सुनिलस्मृती गाउँपालिकामा २१७ घर, थबाङ गाउँपालिकामा १२१ घरलाई स्थानीय तहले छनौट गरेका आधारमा गरीब परिवारलाई सुरक्षित जस्ता छानाले घर छाइने छ।
Shares

प्रतिक्रिया