काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञाको साेमबार १२ दिन पुगेको छ।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरातिदेखि निषेधाज्ञा जारी गरेका छन्। निषेधाज्ञाको १२ दिन पुग्दा पनि मानिसले निषेधाज्ञालाई पूर्ण रुपमा पालना गरेको देखिएको छ।
जनजीवन प्रभावित भए पनि मानिस सरकारले जारी गरेको निषेधाज्ञाको आदेश पालना गर्दै घरभित्रै बसेका छन्। सोमबार उपत्यकाका विभिन्न भागमा पुग्दा लकडाउनको पालना भएको पाइएको हो।
उपत्यकाका मुख्य सडकमा सवारीसाधनको आवागमन न्यून देखिएको छ। सडकमा अत्यावश्यक सेवाका सवारीसाधन मात्रै चलेको देखिन्छ। स्वास्थ्य क्षेत्र, एम्बुलेन्स, खाद्य सामग्री, तरकारी, फलफूल, सञ्चार, सुरक्षाकर्मी, विद्युत्, खानेपानी, बैंकलगायतका क्षेत्रका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन्।
प्रहरीले मूल सडकका मुख्य-मुख्य चोकमा बसेर सवारीसाधन चेकजाँच कडा रुपमा गरिरहेका छन्। अत्यावश्यकबाहेकका सवारीसाधन चलाएमा प्रहरीले सडकमा होल्ड गरेर कारबाही गरेको देखिन्छ।
उपत्यकामा जारी निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ।
उपत्यकाका भित्री सडक पनि सुनसान देखिन्छन्। बिहानको समयमा अत्यावश्यक वस्तु, तरकारी खाद्यान्नलगायतका पसल खुलेका छन्। मानिस अफ्नो घरनजिककाे पसलसम्म पुगेर किनमेल गरेको देखिन्छ।
तर दिउँसो र साँझ भने कुनै पनि पसल खुलेका देखिएनन्।
उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरातसम्मका लागि कायम गरेका छन्।

प्रतिक्रिया