समाज


सप्तरीबाट दुई राउन्ड गोलीसहित युवा पक्राउ

सप्तरीबाट दुई राउन्ड गोलीसहित युवा पक्राउ

नेपालखबर
असार १२, २०८३ शुक्रबार २१:४३, राजविराज (सप्तरी)

सप्तरीको बलानबिहुल गाउँपालिका–३  टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान बिहुल गाउँपालिका–३ स्थित टिकुलिया–बेल्ही सडकखण्डमा बाँसको (टहरा) मचानमा बसेको अवस्थामा शङ्कास्पद उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता घिमिरेले बताए।

उनका अनुसार शरीर खानतलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘आठ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको जानकारी दिए। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad