भारतीय संचारमाध्यमका अनुसार उनले आगामी सेप्टेम्बर १५ सम्ममा जरिवाना नतिरे ३ महिनाको जेल सजाय हुनेछ।
साथै उनलाई ३ वर्षसम्म मुद्दा लड्न नदिने पनि अदालतको आदेशमा भनिएको छ।
भूषणले अदालत र प्रधानन्यायाधीशमाथि गरेको टिप्पणीलाई त्यहाँको अदालतले अभद्र करार गरेको हो।
अदालतले उनका भनाइहरु अदालत र न्यायाधीशहरुमाथिको अवहेलना भएको बताएको छ।
अदालतले पहिले यस विषयमा माफी माग्न भनेको थियो।
तर उनले माफी नमागेपछि उनलाई सजाय स्वरुप एक रुपिँया तिर्न भनिएको हो। एजेन्सी

प्रतिक्रिया