समाज


चिनियाँ कम्पनीले माग्यो एक हजार नेपालीमा कोरोनाविरुद्धको खोप परीक्षणको अनुमति

चिनियाँ कम्पनीले माग्यो एक हजार नेपालीमा कोरोनाविरुद्धको खोप परीक्षणको अनुमति

नेपालखबर
भदौ ८, २०७७ सोमबार १२:३८,

नेपालमा चीनियाँ कम्पनीको कोरोना भाइरसविरुद्धको खोपको ट्रयालका लागि होङ्सी सिमेन्ट कम्पनीले अनुमति मागेको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले उक्त कम्पनीले एक हजार नेपालीमा चीनियाँ कम्पनीको खोप ट्रयालको अनुमति मागेको जानकारी दिए।

‘चीनमा बनेको खोप एक हजार नेपालीमा ट्रयाल गर्ने अनुमति होङ्सी कम्पनीले मागेको छ। हामी त्यसबेला पहिलो चरणको छलफलमा छौं,’ डा. ज्ञवालीले भने, ‘विस्तृत अध्ययन र छलफलपछि अनुमति दिने नदिने निश्चित हुनेछ।’

हालविश्वभर नै कोरोनाविरुद्धको खोपको प्रभावकारिता जाच्न बिरामीहरुमा त्यसको प्रयोग गरि ट्रयाल गर्ने क्रम जारी छ। सोही चरणमा होङ्सीले चीनमा बनेको खोपको प्रभावकारिता नेपाली माथि कतिको हुन्छ भनेर जाच्न तेस्रो चरणको ट्रयालका लागि अनुमति मागेको हो।

डा. ज्ञवालीले होङ्सीबाहेक अन्य कम्पनीले हालसम्म ट्रयालका लागि अनुमति नमागेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad