कोरोना संक्रमण र त्यसपछि भएको लकडाउनको कारण धेरै देशको आर्थिक वृद्धिदर नकारात्मक देखिरहेको बेला नेपालले भने दुई दशमलव २८ प्रतिशत वृद्धिदर हासिल गरेको छ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर दुई दशमलव २८ प्रतिशत तथ्याङ्क आज सार्वजनिक गरेको हो।
राष्ट्र बैंकले केन्द्रीय तथ्यांक विभागका आधारमा यस्तो बताएको हो। राष्ट्र बैंकका अनुसार कृषि क्षेत्रको वृद्धि दुई दशमलव ५९ प्रतिशत, उद्योग क्षेत्रको ३ दशमलव २३ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि १ दशमलव ९९ प्रतिशत रहेकोे छ।
आर्थिक वर्ष २०७६÷०७७ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७ दशमलव ६५ प्रतिशत, १४ दशमलव २७ प्रतिशत र ५८ दशमलव ०८ प्रतिशत रहेको छ।

प्रतिक्रिया