समाज


सञ्चारकर्मीलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन महासंघको आग्रह

सञ्चारकर्मीलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन महासंघको आग्रह

नेपालखबर
भदौ ८, २०७७ सोमबार ६:३९,

नेपाल पत्रकार महासंघले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सञ्चारकर्मीहरुलाई घरैबाट काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै सञ्चार प्रतिष्ठानहरूले अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोगसँगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न आग्रह गरेको हो।

हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका र विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् महासंघले जनाएको छ।

साथै महासंघले फिल्डमा खटिने सबै सञ्चारकर्मीको पीसीआर परीक्षण गर्न समेत माग गरेको छ। सोमबार विज्ञप्ति प्रकाशित गरी महासंघले उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको हो।

‘विश्वव्यापी रुपया फैलिएको कोभिड १९ को संक्रमण पछिल्ला दिनहरुमा नेपालमा पनि तीब्र गतिमा फैलिदै गइरहेको छ । महामारीको यो जटिल परिस्थितिमा पनि नेपाली सञ्चार क्षेत्रले उच्च जोखिम मोलेर समाचार संकलन तथा सम्प्रेषण गरिरहेका छन्’ महासंघले भनेको छ, ‘संक्रमणको दर वृद्धि भएसँगै पछिल्लो समयमा अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा समेत संक्रमण देखिने क्रम बढेको छ।’

साथै, महामारीको यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले आम सञ्चारकर्मीहरुमा अपिल पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad