समाज


काठमाडौंका १० निजी अस्पताललाई तत्काल आइसोलेसन बनाउन सिफारिस

काठमाडौंका १० निजी अस्पताललाई तत्काल आइसोलेसन बनाउन सिफारिस

नेपालखबर
भदौ ८, २०७७ सोमबार ६:३३,

काठमाडौंका थप केही अस्पताललाई कोरोना संक्रमित राख्ने गरी तयार गर्न सिफारिस गरिएको छ।

जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डीसीएमसी) ले उपत्यकाभित्रका केही अस्पतालका आइसोलेसन बेडको संख्यासहित सरकारलाई बुझाएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

ती अस्पताललाई थप व्यवस्थित गर्न र प्रयोग गर्ने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालय र स्थानीय तहले गर्नुपर्ने डीसीएमसीले निर्णय गरेको छ। मनमोहन अस्पताल, नेसनल मेडिकल कलेज, जनमैत्री अस्पताललगायत १० वटा अस्पतालको शय्यासहित सिफारिस गरिएको प्रजिअ दाहालले बताए।

स्वास्थ्य सेवा विभागले निजी अस्पताल प्रयोगका लागि थप कार्य योजना तयार गरेको छ।

सरकारलाई तत्कालै निर्णय गर्न आग्रह गरिएकोले सोमबार बस्ने बैठकले यस विषयमा निर्णय गर्ने प्रजिअ दाहालले बताए।

क्वारेन्टिनका रुपमा रहेका केही सेन्टरलाई पनि आइसोलेसनका रुपमा विकास गर्न सिफारिस गरेको छ। यस्तै तालिम केन्द्रहरुलाई पनि आइसोलेसनको रुपमा प्रयोग गर्ने गरी तयार गर्न सिफारिस गरिएको छ। यी स्थान पहिलो चरणमा तयार गरेर बाँकी केही ठूला होटललाई पनि प्रयोग गर्न सकिने डीसीएमसीको सिफारिस छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad