ad ad

समाज


काठमाडौंमा संक्रमण दर ह्वात्तै बढेपछि दहचोकको मनमोहन अस्पतालले पनि थाल्यो कोरोना सेवा

काठमाडौंमा संक्रमण दर ह्वात्तै बढेपछि दहचोकको मनमोहन अस्पतालले पनि थाल्यो कोरोना सेवा

नेपालखबर
भदौ ८, २०७७ सोमबार ०:१३,

काठमाडौंको दहचोकस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचार थालेकाे छ। 

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएपछि सरकारको आग्रहअनुसार ३३३ शै्यया निर्माण गरी उक्त अस्पतालले पनि कोभिड–१९ का बिरामीको उपचार सुरु गरेको हो।

अस्पतालका अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्रप्रसाद पाण्डेले यही भदौ २ गते कोरोनाका बिरामीलाई सेवा दिन सुरु गरिएकाे जानकारी दिए।

“कोरोनाको महामारीमा सरकारलाई अप्ठ्यारो परेको बेलामा यसको उपचार र नियन्त्रणका लागि मद्दत पुर्‍याउने उद्देश्यले बन्दै गरेको अस्पताल सञ्चालनमा ल्याएका हौँ”, उनले भने।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको भवन ६० कोठाको छ। 

manamohan 1488x1536

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .