ad ad

छापा खबर


चितामा चढाएको शवमा जब कोरोना पोजेटिभ रिपोर्ट आयो...

चितामा चढाएको शवमा जब कोरोना पोजेटिभ रिपोर्ट आयो...

नेपालखबर
भदौ ८, २०७७ सोमबार ०:३०,

कोरोना महामारीपछि सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएको छ।

कोरोना संक्रमण र मृत्युदर बढ्दै जाँदा मुलुकभर लकडाउनसमेत भइरहेको छ।

तर, रुपन्देहीको रोहिणी गाउँपालिकामा भने कोरोना संक्रमितकै दाहसंस्कारमा झण्डै चार सय मलामी सामेल भएका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा बुटवलबाट लक्ष्मण पोखरेलले लेखेका छन्।

रोहिणी ३ धक्धई निवासी नेपाली युवा किसान पार्टीका राष्ट्रिय अध्यक्ष सञ्जयकुमार मिश्रको दाहसंस्कारमा ठूलो भिड उर्लिएको हो।

मृत्युपछि उनमा कोरोना छ छैन भन्ने यकिन गर्न बुटवलको निजी प्रयोगशालामा स्वाब परीक्षणको लागि पठाइएको थियो।

स्वाब परीक्षणको रिपार्ट नआउँदै परिवार र आफन्तले शवको अन्तिम संस्कार सुरु गरे। आइतबार बिहान ११ बजेतिर शव घरबाट घाटतर्फ लगियो।

परिवार, आफन्तसहित झण्डै चार सय जति मलामी शवको पछि लागे। जलाउनै लाग्दा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको खबर घाटमै पुग्यो।

रोहिणी गाउँपालिकाका अध्यक्ष सरोजकुमार यादवका अनुसार चितामा राखेर शव जलाउनै लागेको बेला कोरोना पोजेटिभ नतिजाको खबर आएको थियो। ‘शवको नजिक भएकाहरु टाढाटाढा भागे। आफन्तले आगो लगाए,’ उनले भने।

मृतकको घर धक्धई बजारमै छ। उनको शव रातभर घरमै राखिएको थियो। समवेदना दिन कयौँ मानिसको जमघट भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .