काठमाडौं महानरगपालिका ८ गुहेश्वरीस्थित वागमती खोलामा एक पुरुषको शव फेला परेको छ।
खोलाले बगाएर ल्याएको अवस्थामा बिहीबार दिउँसो पुरुषको शव भेटिएको काठमाडौं प्रहरीले जनाएको छ।
करिव ४० वर्षीय उमेरका देखिने ती पुरुषको सनाखत हुन सकेको छैन। मृतकको हातमा वीर बहादुर लेखेको ट्याटु भेटिएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया