कारोबार


डेरी एसोसिएसनले भन्योः स्टकमा दुग्ध उत्पादन थुप्रियो, बिक्री गर्ने समय साँझबिहान मिलाइदेऊ

डेरी एसोसिएसनले भन्योः स्टकमा दुग्ध उत्पादन थुप्रियो, बिक्री गर्ने समय साँझबिहान मिलाइदेऊ

नेपालखबर
भदौ ४, २०७७ बिहिबार १२:१४,

दूध अत्यावश्यक वस्तुमा रहेको हुँदा यसको बिक्रीवितरण गर्न बिहान र बेलुकाको समय तोकिदिन सम्बन्धित व्यवसायीले माग गरेका छन्।

सरकारले बिहान ७ बजेसम्म मात्र खोल्ने समय राखेकोमा उक्त समयमा सबै ठाउँ दूध उपलब्ध भएर बिक्री गर्न नभ्याइने भन्दै अरुलाई भन्दा धेरै समय दिन नेपाल डेरी एसोसिएसनले आग्रह गरेको हो।

बिक्री समय थोरै हुँदा बुबाको मुख हेर्ने दिन र तीजको लागि भनेर स्टकमा राखेको दुग्धजन्य उत्पादन बिग्रिनसक्ने जनाएको छ।

बिहीबारदेखि उपत्यकामा लगाइएको निषेधाज्ञा बिहान ७ बजेसम्म हो भन्नेबारे जानकारी नहुँदा त्यस्ता धेरै उत्पादन स्टकमा राखिएको संस्थाले जनाएको छ।

साथै, उक्त संस्थाले बिहीबार निषेधाज्ञाको समयबारे जानकारी नहुँदा धेरै डेरी व्यवसायीहरु प्रहरीको धरपकडमा परेको र दुःख दिइएको समेत जनाएको छ।

देशको ६० प्रतिशत बजार उपत्यका भएको र दूध तथा दुग्ध पदार्थ लामो समयसम्म भण्डारण गर्न नसकिने हुँदा बिक्रीवितरणको लागि पर्याप्त समय नहुने हो भने बन्द गर्नुको विकल्प नरहेको नभएको भन्दै यसतर्फ ध्यान दिन प्रशासनले व्यवसायीले आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad