२० देशबाट कोरोनाविरुद्धको खोपको १ अर्ब डोज माग भएको रसियन डिरेक्ट इनभेस्टमेन्ट फन्डका सिइओ किरिल दिमित्रेभले मंगलबार बताएका हुन्।
मंगलबार मात्र रुसमा बनेको कोरोना भाइरस ‘कोभिड १९’ विरुद्धको खोपले देशमा स्वीकृति पाएको छ।
राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार गामेलिया इन्स्टिट्युटले बनाएको खोपले देशमा स्वीकृति पाएको बताउँदै रुसले बनाएको खोप विश्वमै पहिलो भएको बताएका थिए।
यसबीचमा २० राष्ट्रले एक अर्ब खोपको माग गरेको रुसले बताएको हो।
पुटिलने सो क्रममा आफ्नी एक छोरीमा पनि गामेलिया इन्स्टिट्युटले बनाएको खोप प्रयोग गरेको जानकारी दिएका थिए। इन्डियन एक्सप्रेस

प्रतिक्रिया