समाज


हत्या घटनाका दाेषी १४ वर्षपछि पक्राउ

हत्या घटनाका दाेषी १४ वर्षपछि पक्राउ

नेपालखबर
साउन २७, २०७७ मंगलबार १२:५१,

सुनसरीको चाँदवेलास्थित मधेसा टोलमा १४ वर्षअघि भएको हत्याका दुई आरोपी पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सुनसरी वक्लौरी–६ घर भएका ३२ वर्षीय तुलसी चौधरी र ३२ वर्षीय टाईसन भन्ने मिङमा दोर्जे शेर्पा रहेका छन्।

२०६४ वैशाख २९ गते सुनसरी चाँदवेलास्थित मधेसा टोलमा साथीको विवाहमा जन्ती गएको अवस्थामा मिङमा र तुलसीले सामान्य झैझगडा हुँदा तुलसी मिङमाले सुनसरी एकम्वा बस्ने सुरेन कुमार ठाकुरलाई छुरा प्रहार गरेका थिए।गम्भीर घाइते भएका उनको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारकाे क्रममा मृत्यु भएको थियो।

जिल्ला अदालत सुनसरीको २०७१ साउन २९ गतेको फैसलाले उक्त घटनामा तुलसीलाई २१ वर्ष ६ महिना र मिङमालाई २० वर्ष कैद फैसला गरेको थियो। उनीहरु दुवै जना कैद भुक्तान नगरी फरार रहेका थिए।

लुकिछिपी बसेको अवस्थामा मिङमालाई रामधुनी नगरपालिका–६ बाट र तुलसीलाई धनुषा डल्केवरदेखि पिछा गरी सुनसरी इनरुवा नगरपालिका–४ बस बिसौनीबाट प्रहरीले प्रक्राउ गरेको हो।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad