भारतमा रक्सीको सट्टा हातमा दल्ने सानिटाइजर पिउादा कम्तीमा १० जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भारतको आन्ध्र प्रदेशमा लकडाउनका कारण मदिरा पसल बन्द भएपछि रक्सीको लतमा परेकाहरूले अल्कोहलमा आधारित सानिटाइजर पिउँदा उनीहरूको मृत्यु भएको हो।
आन्ध्र प्रदेशको कुरिचेदु गाउँका ती मानिसले रक्सी नपाएपछि पानी र अन्य पेय पदार्थमा सानिटाइजर मिसाएर पिएको स्थानीय प्रहरी प्रमुख सिद्धार्थ कौशलले बताएको बीबीसीले जनाएको छ।
प्रहरी प्रमुख कौशलका अनुसार झन्डै १० दिनसम्म सानिटाइजर पिएपछि उनीहरूको मृत्यु भएको हो।
सानिटाइजरमा अन्य कुनै विषादी पदार्थ थियो कि भनेर सानिटाइजरको नमुना परीक्षणका लागि पठाइएको छ।
प्रतिक्रिया