समाज


पहिरोमा स्काभेटर पुरियो, दुई चालक बेपत्ता

पहिरोमा स्काभेटर पुरियो, दुई चालक बेपत्ता

नेपालखबर
साउन ११, २०७७ आइतबार १:३४,

बागलुङ नगरपालिका-१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर पुरिँदा दुई जना बेपत्ता भएका छन्। पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ।

गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्रयाक्टर चालक रोशन नेपाली बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।

स्काभेटर चालक भने सम्पर्कमा आएका छन्। ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ च ४७ नम्बरको ट्रयाक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो। स्काभेटरको भने नम्बर खुलेको छैन।

‘त्यो ठाउँमा पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइयो’, प्रहरी निरीक्षक रिजालले भने।

पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो। निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन। सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए।

आइतबार बिहानैदेखि पनि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ। घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरामै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी बताए। रासस

पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad