ad ad

समाज


पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिङ सडकमा चल्न थाले गाडी

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिङ सडकमा चल्न थाले गाडी

नेपालखबर
साउन १०, २०७७ शनिबार ४:१८,

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिङ सडकमा सबारी साधान सञ्चालन हुन थालेका छन्।

पहिरो पन्छाएर बाटो बनाइएपछि शुक्रबार साँझबाट नारायणगढ-मुग्लिङ सडकमा गाडी चल्न थालेका प्रहरीले जनाएको छ।

चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो खसेपछि बिगत तीन दिनदेखि यो सडक भएर गाडी चलेका थिएनन्। अवरुद्ध सडक गए रातिदेखि दुईतर्फी नै खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यसैबीच पृथ्वी राजमार्गमा पर्ने धादिङको मौवाखोलामा पनि बाढीले बगाएको पुल मर्मत गरिएको छ। पुलको केही भाग मर्मतपछि गए रातिबाट ठूला सवारी साधन पनि सञ्चालनमा आएका छन्।

असार ५ गते पुल जोड्ने जमिनको केही भाग बाढीले बगाएपछि यो सडक भएर गाडी चल्न सकेका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .