ad ad

समाज


हत्या आरोपी पक्राउ

हत्या आरोपी पक्राउ

नेपालखबर
साउन १०, २०७७ शनिबार ४:२५,

झापाको मेचीनगर-२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्या आरोपमा एक युवा पक्राउ परेका छन्।

आचार्यको पसलमै रहेको बेला शुक्रबार धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार शुक्रबार अपराह्न चार बजेतिर भारी वर्षा भइरहेको अवस्थामा पसलमा बसिरहेका आचार्यमाथि धारिलो हतियार (दाउ) प्रहार गरी अभियुक्त भागेका थिए।

आक्रमणमा गम्भीर घाइते भएका आचार्यलाई विर्तामोडको बिएन्डसी हस्पिटल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

घटनाको सूचना पाएलगत्तै पुगेको प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको पोखरेलले बताए। घटनाको थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .