समाज


भान्जाको अपहरण गरी हत्या गर्ने व्यक्ति १४ वर्षपछि भारतबाट पक्राउ

भान्जाको अपहरण गरी हत्या गर्ने व्यक्ति १४ वर्षपछि भारतबाट पक्राउ

नेपालखबर
साउन ४, २०७७ आइतबार ६:४,

आफ्नै भान्जाको अपहरणपछि हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन्।

महानगरीय प्रहरी अपराध महाशाखाले १४ वर्षपहिले आफ्नै भान्जाको अपहरणपछि हत्या गरी भागेका राजेश गुप्तालाई भारतबाट पक्राउ गरी ल्याएको हो।

२०६४ सालमा भान्जा रोहित गुप्ताको हत्या गरेको अभियोगमा गुप्ता पक्राउ परेका हुन्। रोहित अपहरणमा परेपछि उनका बुबाले फिरौती समेत दिएको खुलेको छ।

रोहित बौद्धस्थित एक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिए। तर फिरौती रकम लिएर उनको राजेशले हत्या गरेका थिए।

बालकका परिवार विशालबजारमा पसल सञ्चालन गर्थे। राजेश भने भारतीय नागरिक हुन्।

प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी गुप्तालाई सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad