कारोबार


साताको पहिलो दिन सुनको मूल्य बढ्यो

साताको पहिलो दिन सुनको मूल्य बढ्यो

नेपालखबर
साउन ४, २०७७ आइतबार ५:५६,

साताको पहिलो दिन सुनको मूल्य उकालो लागेको छ। आज आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। छापावाला सुन शुक्रबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज ९२ हजार ५ सय रुपैयाँ पुगेको हो।

तर यो मूल्य हालसम्मकै उच्च भने होइन। असार अन्तिम दिन सुनको मूलय सबैभन्दा उच्च भएको थियो। उक्त दिन ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि प्रतितोला १ हजार रुपैयाँ नाघेको छ। आज चाँदी १ हजार ५ रुपैयाँ प्रतितोला कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी गराएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad