समाज


घरभेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू

घरभेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू

नेपालखबर
असार १६, २०७७ मंगलबार ११:५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिसँग पीरीआर परीक्षणको रिपोर्ट नखोज्न आग्रह गरेको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बाहिरबाट आएका व्यक्तिमा पनि कोरोनाको लक्षण नदेखिए परीक्षण आवश्यक नभएको बताए।

उनले बाहरिबाट आएका व्यक्तिहरु दुई हप्तासम्म मापदण्ड बमोजिम क्वारेन्टिनमा बसेको प्रमाण भएमा र कोरोनाको कुनै लक्षण नदेखिएमा उनलाई परीक्षण बिनै घर पठाउन मिल्ने बताए।

उनले लक्षण नै नभएका व्यक्तिबाट कोरोना नसर्ने समेत जानकारी दिए।

‘मापदण्ड बमोजिम क्वारेन्टिनमा भएका र कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिलाई पीसीआर परीक्षण नगरी घर पठाउन मिल्छ’, प्रवक्ता गौतमले भने।

उनले विभिन्न सञ्चारमाध्यममा क्वारेन्टिमा बसेको प्रमाण हुँदा हुँदै पनि घरभेटीले घर छिर्न नदिएको भन्ने समचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए।

 ‘कोरोनाको कुनै पनि लक्षण नै नभएका व्यक्तिबाट कोरोना सर्दैन’, उनले भने, ‘विभिन्न सञ्चारमध्यमबाट क्वारेन्टिनमा पूर्ण नियम पालाना गरेर फर्किएका व्यक्तिहरुलाई पनि पीसीआर रिपोर्ट नभएको भनि घरभेटीले घरमा छिर्न नदिएको समाचार आइरहेको प्रति स्वास्थ्य तथा जनसंख्या मनन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

 उनले यो कार्य तथ्यहीन र राष्ट्रिय निर्देशिकाविपरीत भएको भन्दै्र यस्तो कार्य नगर्न मन्त्रालयले सम्पूर्ण घरभेटी र सम्बन्धित निकायमा अनुरोध गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad