राजनीति


८० करोड नागरिकलाई पाँच महिनासम्म निशुल्क खाद्य सामग्री प्रदान गर्नेछौंः मोदी

८० करोड नागरिकलाई पाँच महिनासम्म निशुल्क खाद्य सामग्री प्रदान गर्नेछौंः मोदी

नेपालखबर
असार १६, २०७७ मंगलबार ११:१७,

मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले कोरोना महामारीले निम्त्याएको समस्यासँग जुध्न करोडौं नागरिकलाई नोभेम्बर महिनासम्म निशुल्क खाद्य सामग्री प्रदान गरिने बताएको बीबीसीहिन्दीले जनाएको छ।

देशका मिहिनेती किसान र इमानदार करदाताका कारण सरकार निशुल्क खाद्य सामग्री वितरण गर्ने स्थितीमा पुगेको बताउँदै मोदीले किसान र करदातालाई धन्यवाद दिएका छन्।

यस्तै उनले गरिब कल्याण योजना बनिरहेको र त्यसले भारतका असहाय र गरिबलाई फाइदा पुग्ने पनि बताए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad