ad ad

समाज


दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

नेपालखबर
असार ८, २०७७ सोमबार ९:४३,

तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले हालैमात्र परीक्षण गरेको कोरोना भाइरसको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ।

त्यसैगरी दुबई पुगेपछि पनि त्यहाँको विमानस्थलमा कोरोना भाइरसको परीक्षणको व्यवस्था गरिएको छ र उनीहरुले त्यहाँ पनि परीक्षण गराउनुपर्ने प्रावधान राखिएको छ।

दुबईले यही जुन २२ देखि विदेशमा रहेका आफ्ना नागरिकलाई पनि स्वदेश ओसार्ने नियम पनि बनाएको छ ।

त्यस्तै आफ्ना नागरिकलाई पनि जुन २३ देखि विदेश भ्रमणका लागि अनुमति दिने नियम दुबईले बनाएको बताइएको छ।

दुबईले जुलाई ७ देखि नै विदेशी नागरिकलाई स्वदेश प्रवेश गर्न खुला गर्ने भएको हो। यसरी भित्रिने विदेशीहरुले दुबईको विमानस्थलमा राखिएको परीक्षण कक्षमा पिसिआर गराइने छ।

यसरी स्वदेश आएका पर्यटक तथा विदेशी नागरिकहरुले यहाँको सरकारले बनाएका स्वास्थ्यसम्बन्धी मापदण्डहरु पालना गर्नु पर्ने नियम बनाइएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .