ad ad

जीवनशैली


वैवाहिक जीवन सुखी र सफल बनाउने १० सूत्र

वैवाहिक जीवन सुखी र सफल बनाउने १० सूत्र

नेपालखबर
भदौ २५, २०८१ मंगलबार २०:२७, काठमाडौँ

श्रीमान्–श्रीमतीको सम्बन्ध सबैभन्दा नजिकको र गहिरो सम्बन्ध हो। यो सम्बन्ध जति बलियो हुन्छ, वैवाहिक जीवन त्यति नै सुखद हुन्छ। साथै जीवनमा कम समस्या–तनाव र अधिक सफलता प्राप्त हुनेछ।

पति–पत्नीले एकअर्काको बलियो साथ पाएपछि जीवनका ठूलठूला चुनौती पनि साना लाग्छन्। र सफलता पाउन कठिन हुँदैन।

विश्व प्रसिद्ध मनोवैज्ञानिक तथा मनोचिकित्सक जोन गोटम्यानले लेखेको चर्चित पुस्तक छ– ‘ह्वाई म्यारिजेस् सक्सिड और फेल’ (विवाह किन सफल वा असफल हुन्छ?)। 

उनले आफ्नी मनोवैज्ञानिक पत्नी जुली गोटम्यानसँग मिलेर गोटम्यान इन्स्टिच्युट स्थापना गरे। यस संस्थाले संसारभरका विवाहित जोडीलाई राम्रो, सफल र बलियो वैवाहिक सम्बन्धका लागि सुझाव दिन्छ। जोन गोटम्यानले विवाहलाई सफल बनाउन के चाहिन्छ भनेर २० वर्ष अध्ययन गरेका छन्।

यस पुस्तकमा उनले श्रीमान्–श्रीमतीको सम्बन्ध कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरा लेखेका छन्। दुबैका सबल र दुर्बल पक्ष के छन् भनेर कसरी पहिचान गर्ने? समस्याहरू कसरी सम्बोधन गर्ने? साथै उनले आपसमा संवाद कति महत्त्वपूर्ण हुन्छ? आर्थिक समस्या कसरी हल गर्नै? आपसी विवाद कसरी समाधान गर्ने आदि विषयमा पनि उल्लेख गरेका छन्। 

कसरी बनाउने दाम्पत्य जीवन सुखी? 
सुखी दाम्पत्य जीवन कायम राख्न चुनौती जस्तो लाग्न सक्छ। वैवाहिक जीवनका लागि आपसी प्रेम, प्रतिबद्धता र एकअर्काको बलियो साथ आवश्यक हुन्छ। तर साँच्चै खुसी र सफल दाम्पत्य जीवनका लागि पति र पत्नीबीच समान सम्मान पनि उत्तिकै जरुरी हुन्छ। 

गोटम्यानको पुस्तकका अनुसार सफल दाम्पत्य जीवनका लागि यी हुन् प्रमुख आधार 

–एकअर्कामा गहिरो विश्वास

–एकअर्काको विचारको सम्मान 

–आफ्नो पार्टनरलाई सधैं प्रोत्साहन

–आफ्नो पार्टनरलाई कहिले कुनै कुरा नलुकाउने 

–सधैँ आफ्नो प्रेम र कृतज्ञता व्यक्त गर्ने 

–स्पष्ट र खुला संवाद गर्ने 

–कहिले बहसमा नउत्रिनुहोस् र माफी माग्नुहोस्

–सम्बन्धमा निर्भरता र आत्मनिर्भरताको सन्तुलन मिलाउने 

–जीवनमा आफ्नो परिवार र सम्बन्धलाई पहिलो प्राथमिकतामा राख्ने 

–पैसालाई बुद्धिमानीपूर्वक प्रयोग गर्नुहोस्, तर धन र सफलताको पछि नलाग्नुहोस्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .