ad ad

समाज


मादीले बगाएका किशोर २ दिनसम्म पनि भेटिएनन्

मादीले बगाएका किशोर २ दिनसम्म पनि भेटिएनन्

नेपालखबर
भदौ २६, २०८१ बुधबार १३:५७, तनहुँ

तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक किशाेर दुई दिनदेखि बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् ।

सोमबार दिउँसो नदीले बगाएर उनी बेपत्ता भएका हुन्। किशाेर व्यास–४ स्थित कन्काई बोडिङ स्कूल कक्षा १० मा अध्यनरत थिए।

उनी घरबाट विद्यालय जान्छु भनेर गए पनि विद्यालय नगई साथीसँग नदीमा नुहाउन गएका थिए। बालक साँझ अबेरसम्म घर नफर्किएपछि मात्रै अभिभावकले छोरा हराएको जानकारी पाएको थियो।  

सोमबार दिउँसो १ बजेको समयमा मादी नदीले एक बालक बगाएको भनी प्रहरीमा सूचना प्राप्त भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।

उनका अनुसार जानकारी पाएलगत्तै खोजतलासका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको थियो। मङ्गलबार साँझसम्म खोजीलाई निरन्तरता दिए पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

ती किशाेरसँगै नदीमा नुहाउन गएका अन्य दुई बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले घटनाका बारेमा सोधपुछ गर्न उनीहरुलाइ नियन्त्रणमा लिइएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .