ad ad

समाज


अर्खाखाँचीमा १० जना सवार जिप भिरबाट खस्यो

अर्खाखाँचीमा १० जना सवार जिप भिरबाट खस्यो

नेपालखबर
भदौ २६, २०८१ बुधबार ११:१९, काठमाडौँ

अर्खाखाँचीमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडक खण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले जानकारी दिए। 

‘जिप दुर्घटनामा परेर १० जना घाइते भएका छन्,’ राठोरले नेपालखबरसँग भने, ‘घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। सबै घाइतेलाई उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी ठाडामा  लगिएको छ।’ 

छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६०मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्खाखाँचीका प्रवक्तासमेत रहेको प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए। 

‘दुर्घटनामा गाडी चालक सहित १० जना घाइते भएका हुन्,’ उनले भने, ‘घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक रविन्द्र चन्दको कमाण्डमा १० जनाको टोलि खटिएको छ।’ 

घटनास्थल इलाका प्रहरी कार्यालय ठाडाबाट करिब १२ किलाेमिटर दक्षिणमा पर्छ। घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको इन्सपेक्टर कार्कीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .