ad ad

राजनीति


चीनसँगको विवादबीच भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान

चीनसँगको विवादबीच भारतका रक्षामन्त्री राजनाथ सिंह रुस प्रस्थान

नेपालखबर
असार ८, २०७७ सोमबार ९:३५,

भारतीय सञ्चारमाध्यमका अनुसार रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

चीनसँग सीमा विवाद जारीरहँदा तीन दिने भ्रमणका लागि राजनाथ सिंह रुस गएका हुन्।

दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा मस्कोमा आयोजना हुने सैनिक परेडमा राजनाथ सिंह सहभागी हुने बताइएको छ।

हालै चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवानमा चिनियाँ सेनाको आक्रमणमा २० जना भारतीय सैनिक माारिएका थिए।

चीन र भारतबीचको यो विवादपछि भारतका रक्षामन्त्री सिंहको यो भ्रमण हुन लागेको छ। रुसमा रहँदा त्यहाँका रक्षामन्त्रीसँग प्रतिरक्षाको विषयमा वार्ता हुने राजनाथले जानकारी दिएका थिए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .