ad ad

कारोबार


एनआईसी एसिया लघुवित्तले ऋणीहरुलाई ६ प्रतिशतसम्म छुट दिने

एनआईसी एसिया लघुवित्तले ऋणीहरुलाई ६ प्रतिशतसम्म छुट दिने

नेपालखबर
असार ८, २०७७ सोमबार ९:५१,

एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले असार मसान्तसम्मको सबै सावाँ र ब्याज बक्यौता असारभित्र तिरे विद्यमान ब्याजदर कम गरी ६ प्रतिशतसम्म छुट दिने भएको छ।

वित्तीय संस्थाले ऋणीहरुका लागि नयाँ योजना ल्याएको हो। योजनाअनुसार नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा यस बैंकबाट कर्जा सुविधा लिएका सबै ऋणीहरुले असार मसान्तसम्मको सम्पूर्ण सावाँ तथा ब्याजको बक्यौता रकम असार मसान्तसम्ममा चुक्ता भुक्तान गरे यो सुविधा पाउनेछन्।

उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने संस्थाले जनाएको छ। यो सुविधापछि अधिक ब्याजदरको छुट प्राप्त गर्ने ऋणीको ब्याजदर १२ प्रतिशत कायम हुनेछ।

साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ। यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ।

कोरोना महामारीको यो असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न वित्तीय संस्थाले यस्तो योजना ल्याएको हो।

यसले गर्दा ग्राहक महानुभावहरूको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास वित्तीय संस्थाले लिएको छ।

त्यस्तै संस्थाले ४४ लाख ४३ हजार २ सय कित्ता सेयर सर्वसाधारणको लागि बिक्री गर्नका लागि आह्वानपत्र सार्वजनिक गरिसकेको छ। साधारण सेयरको बिक्री खुल्ला तथा निष्काशन मिति यही असार १० र निष्काशन बन्द हुने मिति छिटोमा असार १४ (बैंकिङ्ग समय पश्चात) हुनेछ भने निष्काशन बन्द हुने मिति ढिलोमा असार २४ (बैंकिङ्ग समय पश्चात) हुनेछ। साथै सेयर खरिद गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट दरखास्त फारम प्राप्त गर्न र बुझाउन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .