ad ad

समाज


अर्खाखाँचीमा जिप दुर्घटना: १० घाइतेमध्ये एकको मृत्यु

तीन जनालाई थप उपचारको लागि बुटवल लगियो (नामावली)
अर्खाखाँचीमा जिप दुर्घटना: १० घाइतेमध्ये एकको मृत्यु

दुर्घटनामा परेको जिप। तस्बिर: अर्घाखाँची प्रहरी।


नेपालखबर
भदौ २६, २०८१ बुधबार १३:४, काठमाडौँ

अर्खाखाँचीमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। 

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक बिपन कार्कीले जानकारी दिए।

‘दुर्घटनामा गम्भीर घाइते भएका नाम-थर नखुलेका अन्दाजी  ४०/४५ वर्षका पुरुषको मृत्यु भएको छ,’ कार्कीले भने, ‘उनलाई उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन्।’

शितगंगा नगरपालिका- १२ हिलेखोलास्थित सन्धिखर्क गोरुसिंगे सडकखण्डमा बुधबार बिहान साढे १० बजे लु १ ज ४७६३ नम्बरको डबल क्याप जिप दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका थिए। 

दुर्घटनामा घाइते भएकामध्ये बढी चोट लागेका तीन जनालाई थप उपचारको लागि बुटवल लगिएको छ। 

छत्रदेवबाट बुटवलतर्फ जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ६०मिटर तल खसेर दुर्घटना भएको हो।  

यी हुन् घाइते
१. जिप चालक जि.अर्घाखाँची छत्रदेव गा.पा.५ बस्ने वर्ष  ४० को चुरा बहादुर खत्रीको दाँया कुम र छातीमा चोट, अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर। 
२. ऐ.ऐ.बस्ने वर्ष ४० की साबित्रा बि.क.को मुख र कुममा चोट। अवस्था मध्यम, थप उपचारको लागी बुटवल रिफर।
३. ऐ.ऐ.७ बस्ने वर्ष  २४ की अनिता परीयारको निधार र हातमा चोट, अवस्था मध्यम ।
४. ऐ.ऐ. बस्ने निज अनिता परीयारको छोरा २० महिनाको प्रयन्स परीयार चोट नभएको।
५. ऐ.ऐ.८ बस्ने वर्ष  ४२ की गीता आचार्यको ढाडमा चोट, अवस्था मध्यम।
६. ऐ.ऐ. बस्ने पर्ष  १७ की दीक्षा पौडेलको टाउकोमा चोट,अवस्था मध्यम। थप उपचारको लागि बुटवल रिफर।
७. ऐ.ऐ.६ बस्ने वर्ष ४४ की कमला अधिकारीको हातमा चोट,अवस्था मध्यम।
८. ऐ.ऐ.५ बस्ने वर्ष  ७ की अनुष्का पंथीको टाउकोमा चोट, अवस्था मध्यम।
९. हालसम्म ठेगाना नखुलेको वर्ष  २६ की बिष्णु थापाको कान र खुट्टामा चोट,अवस्था मध्यम।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .