इरानमा कोरोना भाइरसको संक्रमण हुने दर दोब्बर मात्रामा तीव्र रूपले बढेको छ।
यो महामारीको दोस्रो लहरले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ।
इरानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार त्यहाँ कोरोनाबाट थप ३ हजार ५७४ जना संक्रमित भएका छन्।
यसरी हरेक दिन ३ हजारका दरले लगातार नयाँ संक्रमित थपिएको यो तेस्रो दिन हो।
यसैगरी यसबाट थप ५९ जनाकाे मृत्यु भएर मृतकको संख्या पनि ८ हजार ७१ पुगेको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि इरानमा लगभग काेराेना नियन्त्रण भइसकेकाे बताइएकाे थियाे।
इरानका राष्ट्रपतिले नागरिकलाई सरसफाइ र तथा शारीरिक दूरीमा ध्यान दिन आग्रह गरेका छन्। अन्यथा अवस्था भयावह हुन सक्ने चेतावनी उनले दिएका छन्। बीबीसी

प्रतिक्रिया