समाज


प्रदेश १ बाट थप ३० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

प्रदेश १ बाट थप ३० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ४:८,

प्रदेश १ को विराटनगर र धरानबाट कोभिड-१९ का थप ३० जना संक्रमित निको भएर घर फर्केका छन्।

कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ भर्ना भएका २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका तीन जना निको भएर फर्केका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए। योसँगै प्रदेश १ बाट निको भइ घर फर्केनेको संख्या ७८ पुगेको छ।

विराटनगर केन्द्रबाट निको भइ घर फर्केनेमा चार महिला, एक सञ्चारकर्मीसहित २७ जना छन्। विराटनगरबाट घर फर्केनेमा एकजना पूर्व सङ्क्रमित छन्।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले आगामी दिनमा चिकित्सकको समूह गठन गरी उनीहरुको निर्देशनअनुसार उपचार कार्य शुरु गर्ने जानकारी दिए।

पूर्वाञ्चल विश्वविद्यालयको गोठगाउँमा रहेको शिक्षण अस्पतालमा दुई शय्याको उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा ल्याएको छ। केही दिनभित्र मेची अस्पतालमा थप दुई शय्याको केन्द्र स्थापना गरिने घिमिरेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad