सेयरबजार शुक्रबार पनि घटेको छ। नेप्से २ अंकले घटेर २६४९.५१ विन्दुमा बन्द भएको हो।
शुक्रबार कुल ३ अर्ब ९४ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यस दिन ८५ वटा सेयरको मूल्य बढे पनि १७० वटाको घटेको र २० वटाको अघिल्लो मूल्यमै कारोबार भएको हो।
यस दिन स्नो रिभर्स लिमिटेडको सेयरमा सकाारात्मक सर्किट लाग्दा टक्सार पिखुवा खोला र याम्बलिङ हाइड्रो समान १४.९८ प्रतिशतले बढेका छन्। त्यस्तै कालिका लघुवित्तको सेयरमा भने १०.७६ प्रतिशत गिरावट आएको छ।
कारोबारमा आज ग्लोबल आईएमई बैंकका ऋणपत्रहरु क्रमशः ३३ र २८ करोडको कारोबार भएका छन्।
9
Shares

प्रतिक्रिया